हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आज सबै मन्त्रालयहरुको प्रगतिको समिक्षा भैरहेको छ । नीति तथा योजना आयोगको अयोजनामा आज प्रदेशको सबै मन्त्रालयहरुको प्रगति समिक्षा भैरहेको हो । सामाजिक विकास मन्त्रालयमा बागमती प्रदेशका सबै मन्त्री र सचिवहरुको उपस्थितीमा मन्त्रालयको प्रगति समिक्षा भैरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।