हेटौँडा ः हेटौँडा–१९, नेवारपानीस्थित बगौली क्षेत्रबाट दुई बालिका हराएका छन् । बिहीबार दिउँसो ३ बजेको समयमा बालिकाहरु घरमा कसैलाई नभनि निस्किएका थिए । हराउनेमा ११ वर्षीया समिक्षा नेगी र १३ वर्षीया रोनिका मोक्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

समिक्षाको गहुँगोरी वर्ण, उचाइ करिब ३ फिट, र कालो कपाल रहेको छ भने रोनिका गहुँगोरी वर्ण, उचाइ करिब ४ फिट, र कालो कपाल रहेको छ ।

दुवै बालिका शनिबार साँझसम्म आफन्त तथा छरछिमेकमा खोजतलास गर्दा पनि फेला नपरे पश्चात इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरमा परिवारले निवेदन दर्ता गराएको प्रहरीले जनाएको छ । बालिकाहरुको खोजतलास भई रहेको प्रहरीले जनाकारी दिएको छ ।