Home मुख्य समाचार हेटौँडा उपमहानगरका विद्यालय सञ्चालन गर्न छलफल हुँदै

हेटौँडा उपमहानगरका विद्यालय सञ्चालन गर्न छलफल हुँदै

हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका सामुदायिक विद्यालयहरुमा पठनपाठन सुचारु गर्न छलफल हँुदैछ ।

जेनजी आन्दोलनका कारण भदौ २४ गतेबाट पठनपाठन प्रभावित भएको थियो । जनजीवन सामान्य बन्दै गएकोले आइतबारदेखि विद्यालय सञ्चालन गर्न छलफल भइरहेको हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत राजमणि शर्माले जानकारी दिनुभयो । पालिकाले निर्देशन नआएका कारण विद्यालयका प्रधानाध्यापकहरु भने अन्योलमा छन् ।

हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं र श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले आइतबारदेखि विद्यालय सञ्चालन गर्न तयार रहेको जानकारी दिनुभयो । यसअघि मकवानपुरको थाहा नगरपालिकाले आइतबारबाट विद्यालय सुचारु गर्ने निर्णय गरेर विद्यालयलाई निर्देशन दिइसकेको छ भने प्याव्सन मकवानपुरले पनि जिल्लाका सबै निजी विद्यालयलाई विद्यालय सचारु गर्न भनिसकेको छ ।

Exit mobile version