हेटौँडा : मकवानपुरका निजी विद्यालयले भोलिदेखि पठनपाठन सुचारु गर्ने भएको छ ।
जेनजी युवाको आन्दोलनका कारण गत बुधबारदेखि पठनपाठन प्रभावित बनेको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीका अनुसार जनजीवन सहज बन्दै गएको र जिल्ला सुरक्षा समितिले पनि निषेधाज्ञा र कफ्र्यु हटाएपछि विद्यालय सुचारु गर्ने तयारी रहेको छ ।
