हेटौँडा : शनिबार र आइतबार दुई दिनमा मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ ५ बजेको समयमा हेटौँडा–११, थानाभ¥याङस्थित गुम्बाटोलबाट ३७ वर्षीय संजिव वाईबा र हेटौँडा–१, चौकीटोलका २८ वर्षीय निखिल गोले लामालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट खटिएको संयुक्त प्रहरी टोलीले वाईबा र लामालाई लागूऔषध खैरो हेरोइन ४ ग्राम ३३० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुर प्रहरीले आइतबार बिहान साढे ७ बजेको समयमा २ किलो ८९० ग्राम लागूऔषध अफिमसहित हेटौँडा–४, ओम्याक्स सिनेमा हल अगाडिबाट मकवानपुरको कैलाश गाउँपालिका–१ का ४८ वर्षीय जंग थिङलाई पक्राउ गरेको छ । लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला थिङलाई लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ । प्रहरीले तीनैजनालाई हिरासतमा राखी अनुसन्धान तथा कारवाही गर्न मकवानपुर जिल्ला अदालतमा म्याद अनुमति लिएको बताइएको छ ।
