सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, ट्वाङ्ग्राखोलामा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आइतबार साँझ ५ बजेको समयमा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले संचालन गर्नुभएको प्रकाश कृषि फर्मको खाली रहेको कुखुराको फर्ममा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आगलागीबाट कुखुराको खोर पूर्णरुपमा नष्ट भएको छ । स्थानीयको सहयोगमा आगो साँझ ६ बजेको समयमा पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलगीबाट ७ लाख बराबरको क्षति भएको छ भने मानवीय तथा चौपाया क्षति भएको छैन ।