हेटौँडा : अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था रोटरी क्लबको बाल संगठनको रुपमा रहेको इन्ट्र्याक्ट क्लब अफ बालजागृतिको अध्यक्षमा प्रतिक दहाल नियुक्त हुनुभएको छ । शनिबार दहालको अध्यक्षतामा नवगठित समितिले सपथग्रहण गरेको छ ।
वासुदेव सापकोटाको प्रमुख आतिथ्यमा क्लबले शनिबार नै आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । प्रतिक दहाल क्लबको तेस्रो अध्यक्षको रुपमा नियुक्त हुनुभएको हो । रोट्र्याक्ट क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी, विद्यालय प्रबन्ध निर्देशक मोहनप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, रोट्र्याक्ट क्लब अफ हेटौँडाका अध्यक्ष केशर श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति थियो । सभाध्यक्ष प्रमेश प्रधानले नवनियुक्त अध्यक्ष दहाललाई सपथ ग्रहण गराउनुभयो ।
क्लबका निवर्तमान अध्यक्ष विशेषमान श्रेष्ठको कार्यकाल सकेपछि दहालको अध्यक्षतामा उपाध्यक्ष प्रनव बराल र सचिव सेलेस्टी उप्रेतिसहित ११ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिमा अन्य १६ जना साधारण सदस्य गरी २७ जना रहेका छन् । रोट्ररी क्लब अफ हेटौँडाका अध्यक्ष प्रधानले नयाँ गठित समितिलाई समुदायसँग मिलेर काम गर्न सुझाव दिनुभयो ।
इन्ट्र्याक्ट क्लब अफ बालजागृतिको स्थापना सन् २०२३ मा भएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीमा समाज विकासको भावना र नेतृत्व विकास गर्ने उद्देश्यले यस क्लबको स्थापना गरिएको बालजागृति ईङ्गलिस सेकेण्डरी स्कूलका सहायक प्रिन्सीपल अमूल श्रेष्ठले बताउनु भयो । क्लबले विद्यालयमा बेला बेलामा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।











