पार्टी प्रवेशपछि रास्वपाका नेताहरुसँग विष्णु दाहाल र भूमिनन्द अर्याल ।

हेटौँडा : नेकपा समाजवादी पार्टी मकवानपुर जिल्ला कमिटीका अध्यक्ष विष्णुप्रसाद दाहाल र नेकपा एमाले जिल्ला कमिटी सदस्य भूमिनन्द अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ । बिहीबार काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले दाहाल र अर्याललाई स्वागत गर्नुभयो ।

दाहाल र अर्याललाई पार्टी प्रवेश गराउन रास्वपा मकवानपुरका सभापति भरत पराजुली, सचिव सञ्जीव पाठकसहितको एक समूह रास्वपाको केन्द्रीय कार्यालयमै पुगेका थिए । दाहाल नेपाली काँग्रेसबाट नेकपा एमाले, नेकपा एस हुँदै रास्वपा प्रवेश गर्नुभएको हो भने अर्याल नेकपा एमाले, नेकपा एस हुँदै नेकपा एमालेमै फर्कनु भई अहिले रास्वपामा प्रवेश गर्नुभएको हो ।