Home मुख्य समाचार नेकपा एसका मकवानपुर अध्यक्ष दाहाल, एमाले जिल्ला कमिटी सदस्य अर्याल रास्वपामा

नेकपा एसका मकवानपुर अध्यक्ष दाहाल, एमाले जिल्ला कमिटी सदस्य अर्याल रास्वपामा

पार्टी प्रवेशपछि रास्वपाका नेताहरुसँग विष्णु दाहाल र भूमिनन्द अर्याल ।

हेटौँडा : नेकपा समाजवादी पार्टी मकवानपुर जिल्ला कमिटीका अध्यक्ष विष्णुप्रसाद दाहाल र नेकपा एमाले जिल्ला कमिटी सदस्य भूमिनन्द अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ । बिहीबार काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले दाहाल र अर्याललाई स्वागत गर्नुभयो ।

दाहाल र अर्याललाई पार्टी प्रवेश गराउन रास्वपा मकवानपुरका सभापति भरत पराजुली, सचिव सञ्जीव पाठकसहितको एक समूह रास्वपाको केन्द्रीय कार्यालयमै पुगेका थिए । दाहाल नेपाली काँग्रेसबाट नेकपा एमाले, नेकपा एस हुँदै रास्वपा प्रवेश गर्नुभएको हो भने अर्याल नेकपा एमाले, नेकपा एस हुँदै नेकपा एमालेमै फर्कनु भई अहिले रास्वपामा प्रवेश गर्नुभएको हो ।

Exit mobile version