हेटौँडा : खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा मकवानपुरको बकैया गाउँपालिकामा एक युवकको आफैंलाई करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–३, हात्तीसुडेका २४ वर्षीय विजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका विजयको उपचारको क्रममा हेटौँडा अस्पतालमा बिहीबार दिउँसो १ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बकैया गाउँपालिकाको ट्याउँट्याउँ खोलामा माछा मार्न जादा खोला नजिकै रहेको विद्युतको तारबाट हुक लगाई माछा मार्ने क्रममा करेन्ट लागेर विजयको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











