Home मुख्य समाचार प्रधानाध्यापक लुइटेलको विदाई

प्रधानाध्यापक लुइटेलको विदाई

सेवानिवृत्त हुनुभएका भोगेन्द्र लुइटेल ।

हेटौँडा : हेटौँडा–१४, मयुरधापस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुइटेलले शिक्षण पेशाबाट अनिवार्य अवकाश पाउनु भएको छ । २०४५ सालदेखि शिक्षण पेशामा आवद्ध रहनुभएका लुइटेलले ६० वर्ष उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकाश पाउनुभएको छ । मंगलबार उहाँको विदाई गरिएको छ । वडाअध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा भएको विदाई कार्यक्रम भएको हो ।

लुइटेलले ओखलढुङ्गा जिल्लाको नवलपुर प्राथमिक विद्यालयमा पहिलो पटक २०४५ साल पुष १५ अस्थायी नियुक्ति पाउनुभएको थियो । सोही विद्यालयमा २०४८ साल चैत्र ११ गते स्थायी शिक्षकको रुपमा नियुक्ति पाउनु भएका लुइटेल २०५८ वैशाख १३ गते जनज्योति माध्यमिक विद्यालयमा सरुवा भई आउनुभएको थियो । लुइटेलले २०६८ साल चैत्र ७ गतेदेखि जनज्योति माविको प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको थियो ।

जनज्योति माध्यमिक विद्यालयमा २०६९ सालमा माध्यमिक तहको पढाई सुरु हुँदा उहाँ प्राचार्य समेत हुनुभयो । २०७२ सालमा सामाजिक शिक्षकको रुपमा उहाँले माध्यमिक तहमा नियुक्ति पाउनुभएको थियो । आफ्नो कार्यकाल सन्तोषजनक रहेको र कुनै किसमिको टिकाटिप्पणी सुन्न नपरेको लुइटेलको भनाई छ ।