हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, नारायणगढमा बस र मोटरसाइकल एक अपसमा ठोक्किँदा एक जनाकोे मृत्यु भएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटको समयमा मुग्लिङ सडकखण्ड अन्तर्गत सत्र किलोमा नारायणगढबाट लजुङ तर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तँनहु भिमात नगरपालिका–२, का २९ वर्षीय किसन विश्वकर्मा गम्भिर घाइते भएका थिए । घाइते किसनलाई उपचारका लागि चितवनस्थित नयाँ मेडीकल कलेज भरतपुर लगिएकोमा बिहान ९ बजेर ५५ मिनेटको समयम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालक लमजुङ जिल्लाको बेशिसहर–११ बस्ने २७ वर्षीय मान बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।