हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, बिशाल चोकमा कार आफैँ अनियन्त्रित भई पल्टँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२, आँपटारीका २९ वर्षीय विप्लब भट्ट रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बिहान १ बजेर ३० मिनेटको समयमा रमाईलो चोकबाट बिशालचोकतर्फ जाँदै गरेको बा १५च ४६९३ नम्बरको कार आफँै अनियन्त्रित भई रोड साईडमा रहेको रुखमा ठोक्किँदा कार चालक भट्ट गम्भिर घाइते भएका थिए । भट्टलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा बिहान २ बजेर ५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।