हेटौंडा : कमाने क्रिकेट क्लबले आफ्नो आर्थिक विवरण सार्वजनिक गरेको छ । क्लबले आयोजना गरेको कमाने प्रिमियर लिग सिजन २ र सिजन ३ को आर्थिक विवरण बिहीबार सार्वजनिक गरेको हो ।
क्लबले आयोजना गरेको कमाने प्रिमियर लिग सिजन २ मा कूल १ लाख ३३ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको थियो । उक्त प्रतियोगिताका लागि ९४ हजार ४ सय ५४ रुपैयाँमात्र आम्दानी गर्दा ३९ हजार १ सय ८२ रुपैयाँ घाटा व्यहोर्नु परेको छ ।
यसैगरी, सिजन ३ मा क्लबले ३ लाख ९२ हजार २ सय ९५ रुपैयाँ खर्चिदा ३ लाख ९३ हजार २ सय ५० रुपैयाँ आम्दानी गरेको छ । तर ७० हजार रुपैयाँ अझै स्पोन्सर र टिम मालिकबाट भुक्तानी पाउन बाँकी भएको हुनाले क्लब ६९ हजार ४५ रुपैयाँ घाटामा रहेको क्लबका अध्यक्ष किशोर केसीले बताउनुभयो ।
