सांकेतिक तस्वीर ।

हेटौँडा : दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–३, टुडिखेलमा सडकबाट लडेर एक दृष्टिबिहिन वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्लाको कटहरी गाउँपालिका–२, आदर्श टोलका ६५ वर्षीय गोकर्ण शंकर घिमिरे रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार दिउँसो १ बजेको समयमा टुडिखेलबाट पशुपतीडाँडातर्फ लठ्ठीको सहारामा हिँडिरहेका घिमिरे माथिबाट १२ फिट तल सडकमा खस्दा गम्भिर घाइते भएका थिए । घाइते पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा लगिएकोमा उपचारको क्रममा घिमिरेको साँझ ५ बजेर २२ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।