प्रयोगशाला उद्घाटनसँगै परीक्षणका लागि आएका ज्येष्ठ नागरिकहरु ।

हेटौँडा : हेटौँडा–९ स्थित लामसुरे आधारभूत स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा शुरु भएको छ । शनिबार बुबाको मुख हेर्ने दिनको अवसरमा २० जना ज्येष्ठ नागरिकको मधुमेह परीक्षण गरेर औपचारिक रुपमा सेवा सुचारु भएको वडा अध्यक्ष सुकराम केसीले जानकारी दिनुभयो ।

आइतबारदेखि नियमित रुपमा प्रयोगशाला सञ्चालन हुने वडाध्यक्ष केसीले बताउनु भएको छ । जिल्ला समन्वय समिति मकवानपुर र वडाको संयुक्त खर्च ३५ लाख रुपैयाँको लागतमा प्रयोगशाला निर्माण भएको हो । वडाबासीलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला बनाइएको वडा अध्यक्ष केसीको भनाइ छ ।