हेटौँडा : झरना साहित्यिक परिवारको अध्यक्षमा गायत्री रुपाखेती चयन हुनुभएको छ । शनिबार मकवानपुरको बकैया गाउँपालिकामा भएको पाँचौं अधिवेशनबाट गायत्री सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । झरना साहित्यिक परिवारको ३२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष चयन भएको हो ।
झरनाको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा निलहरि ढुंगेल, कोषाध्यक्षमा अजर फुयाल, सहसचिवमा अमृता लामिछाने चयन हुनुभएको छ । यस्तै सदस्यमा हरिप्रसाद घिमिरे, मञ्जु दाहाल, विजय लामा, स्वस्तिका दाहाल र शिव बोलखे चयन हुनुभएको छ । यसअघि निवर्तमान अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा अविधेशनको उद्घाटन सत्र आयोजना गरिएको थियो ।










