फाइल तस्वीर ।

हेटौंडा : एसईई ग्रेडवृद्धि (पूरक) मौका परीक्षा सकिएको छ । साउन २९ गतेदेखि सुरु भएको परीक्षा शुक्रबार सम्पन्न भएको हो । शुक्रबार अन्तिम दिन ८६ जना अनुपस्थित भएका छन् । प्राविधिकतर्फको परीक्षामा ८६े शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ ।

बिहीबारको परीक्षामा १ जना अनुपस्थित हुँदा १८ जना उपस्थित भएका थिए । ग्रेडवृद्धि मौका परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरका १३२ वटा माध्यमिक विद्यालयबाट २०८१ सालको एसईईमा ३ हजार १ सय १५ जना विद्यार्थी ननग्रेडेड आएको थियो । ननग्रेडेड भएका प्रायः सबै विद्यार्थीले मौका परीक्षाका लागि आवेदन दिएका थिए । ग्रोडवृद्धि मौका परीक्षा साउन २९ गतेबाट शुरु भएको थियो ।