हेटौंडा : नेपाल प्रेस युनियन मकवानपुरले एकसय दिने सदस्यता विशेष अभियान शुभारम्भ तथा सामग्री हस्तान्तरण कार्यक्रम गरेको छ । युनियन जिल्ला कार्यसमिति मकवानपुरका उपाध्यक्ष तथा संयोजक कपिल खड्काको संयोजकत्वमा भएको कार्यक्रमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई ४ थान पंखा र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ । युनियनका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघसंस्थालाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई युनियनले सधैँ प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट तथा अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, उपाध्यक्ष भावना रिजाल, प्रेस चौतारी नेपाल मकवानपुरका उपाध्यक्ष प्रतीक्षा न्यौपानेलगायतको उपस्थिति थियो ।











