हेटौँडा : किरात देवास राई उत्थान समाज मकवानपुरको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । हेटौँडा–६, कल्याणटार राईटोलस्थित आदिवासी जनजाति सामुदायिक भवनमा शुक्रबार सम्पन्न भएको अधिवेशनले बद्रीबहादुर राईको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लव राई, अजय राई, भीम राई, सचिवमा रामहरी राई, सहसचिवमा राजकुमार राई, कोषाध्यक्षमा हेमकर्ण राई, सदस्यमा अन्जु राई, निर्मला, सावित्री राई, इन्द्रबहादुर राई, जयराम राई, शिवबहादुर राई, हरेराम राई, इन्द्रकुमार राई, शिवबहादुर राई (चौघडा) र कृष्णबहादुर राई रहेका छन् । नवनियुक्त पदाधिकारीहरूले किरात देवास राई समुदायको उत्थान, भाषा–संस्कृति संरक्षण र विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
अधिवेशनको बन्द सत्रमा जिल्ला अध्यक्ष बद्रीबहादुर राईले प्रगति विवरण र कोषाध्यक्ष होमबहादुर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनको उद्घाटन समारोहमा समाजका केन्द्रीय अध्यक्ष आसमान राई, वडा अध्यक्ष विष्णुबहादुर दाहाल, आदिवासी जनजाति महासङ्घ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष राजमान राई, देवास राई भाषा शिक्षक विष्णुबहादुर राई, पूर्व केन्द्रीय उपाध्यक्ष तथा देवास आवाज सम्पादक सूर्यबहादुर राई, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष कृष्णबहादुर राईलगायतले सम्बोधन गर्नुभएको थियो ।
