प्रहरीले बरामद गरेको गाँजा ।

हेटौँडा : लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले धादिङका रामबहादुर तामाङलाई पक्राउ गरेको छ।

शनिबार बिहान ८ बजेर१५ मिनेटको समयमा रामबहादुरलाई १२५ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा मनहरीबाट जितपुरतर्फ जाँदै गरेको बा २१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडीबाट प्रहरीले गाँजा बरामद गरेको हो। प्रहरीले गाँजासहित योद्धा गाडी र चालक धादिङ जिल्लाको गल्छी गाउँपालिका-८ का रामबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।