हेटौँडा : आगामी भदौ १५ गते अठारौँ पुस्तकालय दिवस २०८२ विविध कार्यक्रम गरी मनाइने भएको छ । ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ नारासहित यस वर्षको पुस्तकालय दिवस मनाइने भएको हो ।
शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले पुस्तकालय दिवस मनाउन सबै सामुदायिक तथा निजी विद्यालयहरुलाई परिपत्र गरेको छ । इकाईले सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरु समेतलाई परिपत्र गरिसकिएको इकाई प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । उहाँले सम्बन्धित सबै संस्थाहरुलाई रचनात्मक र सन्देशमूलक विविध कार्यक्रम गरी मनाउन आग्रह गरिएको स्पष्ट पार्नुभयो ।
पुस्तकालयको महत्व र आवश्यकता जनाउँदै पुस्तकालय दिवस मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय डिजिटल युगमा गएकाले पुस्तकालयको प्रयोग कम हुन थालेको तर यसको महत्व झनै बढेको शिक्षाविद्हरुको भनाइ छ ।











