हेटौँडा : हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनमा हालै गठन गरिएको जुनियर रेडक्रस सर्कलको आयोजनामा जुनियर रेडक्रस सर्कलका कार्यसमिति तथा अन्य बालबालिकाहरूलाई रेडक्रस परिचयात्मक कार्यक्रम भएको छ । विद्यालयको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहजीकरणमा बुधबार परिचयात्मक कार्यक्रम भएको हो ।
जुनियर रेडक्रस सर्कलका सभापति विधान घिमिरेको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उप–मन्त्री शिवहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रिन्सीपल निर्मल पराजुली, सहायक प्रिन्सीपल केदारनाथ न्यौपाने, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराईको पनि आतिथ्य रहेको थियो ।
















