हुप्रचौरमा सारिएको राष्ट्रिय परीक्षा बोर्डको कार्यालय ।

हेटौँडा : हेटौँडास्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सरेको छ । हेटौँडा–२, नगरपालिकारोडबाट हेटौँडा–४, हुप्रचौरमा कार्यालय सारिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी जयप्रकाश प्रसाद कुशवाहाका अनुसार हेटौँडा–२, नगरपालिकारोडस्थित भवन साँघुरो भएको, पार्किङको समस्या भएकाले कार्यालय सारिएको हो । हेटौँडास्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले मकवानपुरसहित चितवन, पर्सा, बारा र रौतहट जिल्लास्थित कक्षा–११ र १२ पठनपाठन हुने विद्यालयलाई सहजीकरण गर्दै आएको छ ।