Home जीवनशैली हेटौंडाका घरघरमा कृष्ण लिला (बालकृष्णहरुको फोटो फिचर)

हेटौंडाका घरघरमा कृष्ण लिला (बालकृष्णहरुको फोटो फिचर)

कृज्मन लामिछाने

हेटौंडाः आज भाद्र कृष्णाष्टमी तिथि अर्थात श्रीकृष्ण जन्माष्टमी । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

धार्मिक ग्रन्थमा सुपात्रको रुपमा चित्रित भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णाष्टमीको अवसरमा हेटौंडाका अभिभावकले आफ्ना सन्तानलाई कृष्णको रुपमा सजाएर आज विशेष उल्लास मनाएका छन् । कोरोना भाइसर सङ्क्रमितको संख्या बढेपछि हेटौंडा उपमहानगरक्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै फुर्सदमा घरमै भएका अभिभावकले आफ्ना सन्तानलाई कृष्णको रुपमा तयार पारेर सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तिनै फोटाहरु मध्ये केही छानिएका फोटाहरुलाई अभिभावकको नाम र ठेगानासहित सार्वजनिक गरिएको छ ।

कृज्मन लामिछाने
बुबाः कृष्ण लामिछाने, आमाः दीपा खड्का
हेटौंडा–४, हुप्रचौर
आरोन्या थपलिया
बुबाः विकास थपलिया, आमाः शर्मिला घले
हेटौंडा–२, सानोपोखरा
शाश्वत आचार्य
बुबाः सुशील आचार्य, आमाः दुर्गा अधिकारी
हेटौंडा–२, मनकामनाचोक
आभ्या भण्डारी
बुबाः विवेक भण्डारी, आमाः अम्बिका पण्डित
हेटौंडा–११, नवलपुर
प्रेसियस जंग क्षेत्री
बुबाः प्रेम क्षेत्री, आमाः सपना देवकोटा
हेटौंडा–८, कमाने
हर्षित शर्मा
बुबाः हरिकुमार शर्मा, आमाः रश्मि पौडेल शर्मा
हेटौंडा–९, त्रिवेणीनगर
Exit mobile version