हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फरक परिस्थितिमा बनेको सरकारको औचित्य सरकारको कामबाट प्रमाणित गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले भाषणबाट नभएर कर्ममा विश्वास गरेर नागरिकको हितमा काम गर्ने बताउनुभयो ।
बागमती प्रदेशसभाको मंगलबार बसेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दै मुख्यमन्त्री बानियाँले सरकारले चालु आर्थिक वर्षको बजेट पारितका क्रममा प्रदेशसभाले परित गरेको संकल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा सरकारले निर्णय गरेर अघि बढेको बताउनुभयो । बजेटलाई व्यवस्थित र उपलब्धीमूलक बनाउन थप भएका बजेट कार्यक्रमलाई बजेट सूचना प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिइएको उहाँको भनाई छ ।
असार खर्चको अन्त्य, राजस्वको दायरा वृद्धि गरी न्यायमुखी, जनमैत्री भ्रष्ट्राचाररहित सरकार निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो । प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन अपरिहार्य रहेको उहाँले बताउनुभयो ।











