हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौँडा–२ का ३३ वर्षीय विजय लामालाई पक्राउ गरेको छ । बुधबार दिउँसो साढे ४ बजेको समयमा प्रहरीले लामालाई हेटौँडा–९, गुम्बाचोकबाट १ ग्राम १ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले ना ४ प ९५९६ नम्बरको मोटरसाइकलमा सवार लामालाई लागूऔषधसहित पक्राउ गरिएको हो । मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि मकवानपुर प्रहरीले मंगलबार पनि लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको थियो ।










