हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौँडा–२ का ३० वर्षीय आदेश लामालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो ४ बजेको समयमा प्रहरीले आदेशको साथबाट १ ग्राम खरुो हेरोइन र ट्रामाडोल २ ग्राम २० मिलिग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आदेशलाई हिरासतमै राखेर आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ ।











