Home मुख्य समाचार सकियो साउने सोमबारको ब्रत

सकियो साउने सोमबारको ब्रत

हेटौंडा–४, कमलडाँडाका श्रद्धालु व्रतालुहरु आज बिहान घरमा पण्डित राखेर साउने सोमबारको अन्तिमदिनको पूजा गर्दै ।

हेटौंडाः यस वर्षको साउने सोमबारको ब्रत सकिएको छ । साउन महिनाको अन्तिम सोमबार आज ब्रतालुहरुले पुरोहित राखेर पूजासमेत गर्ने गरेका छन् । यस वर्ष कोरोना कहरका कारण भक्तजनले स्फूर्त रुपमा पूजाआजा गर्न पाएनन् ।

अधिकांश मठमन्दिर बन्द रहेका कारण ब्रतालुले घरमै पूजाआजा गरेका छन् । केही श्रद्धालुले भने मन्दिरको गेडमा पुगेर भए पनि पूजा गरेका छन् । कोरोना सङ्क्रमणका कारण श्रद्धालु, व्रतालु मठमन्दिर जान पाएनन् भने अन्तिम सोमबारको अघिल्लो दिन हेटौंडामा २० सहित जिल्लाभर २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वसाधारणमा त्रास बढेसँगै मठमन्दिर जानेको संख्या पनि ह्वात्तै घटेको थियो ।

Exit mobile version