मुख्यमन्त्री बानियाँलाई सपथ गराउनुहुँदै प्रदेश प्रमुख देवकोटा । फाइल तस्वीर ।

हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँलाई प्रदेश प्रमुखको कार्यालय हेटौँडामा एक समारोहका बीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बन्नुभएका बानियाँ प्रदेशका छैठौं मुख्यमन्त्री हुनुहुन्छ । उहाँ कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री बानियाँले मंगलबार नै एमालेको तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री बानियाँको सपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको पनि उपस्थिति रहेको थियो ।