
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको पत्र बागमती प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको छ । मुख्यमन्त्री तामाङका प्रमुख स्वकीय छत्र लामाले सोमबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजीनामापत्र बुझाउनु भएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ बागमती प्रदेशसभामा काँग्रेस संसदीय दलको निर्वाचनमा पराजित हुनुभएपछि मुख्यमन्त्री पदबाट समेत राजीनामा दिन बाध्य हुनुभएको हो । मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेपछि आइतबार साँझै काठमाडौं फर्कनु भएको थियो ।










