Home खेलकुद नगर खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र शाही नियुक्त

नगर खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र शाही नियुक्त

चन्द्र शाहीलाई नगर खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र प्रदान गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगर खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र शाहीलाई नियुक्त गर्नुभएको छ । नगर खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ (क) मा भएको व्यवस्था बमोजिम हेटौंडा उपमहानगरपालिका–२ निवासी चन्द्र शाहीलाई नगर खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

नगर खेलकुद विकास ऐन र कार्यविधि पारित भएसँगै नगर खेलकुद विकास समिति गठन गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । नगर खेलकुद विकास समितिको कार्यकाल ३ वर्षको हुनेछ । नगर खेलकुद विकास समिति ७ सदस्यीय हुने व्यवस्था छ । अध्यक्ष नियुक्त गरिए पनि सदस्य नियुक्त गर्न बाँकी रहेको छ । केही दिनमै सदस्यहरु पनि नियुक्त गरिने मेयर महतले बताउनुभएको छ ।

Exit mobile version