हेटौँडा : हेटौँडा–१६, हटियास्थित शिवम सिमेन्ट उद्योगको कर्मचारी आवास क्षेत्रमा आगलागी भएको छ । बिहीबार बिहान ९ बजेर ३५ मिनेटको समयमा करेन्ट सर्ट भएर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आगलागीबाट टिभी १ थान, १.५ टनको एसी ३ थान, फ्रिज १ थान, किचन चिम्नी १ थान, फिल्टर १ थान, सोफा सेट ३ थान, ग्राइन्डर १ थान, ह्वीलचेयर १ थान, टेलिभिजन १० थान, स्टिल दराज १ थान, डाइनिङ सेट १ थान, पंखा १ थान, ग्यास सिलिन्डर १ थान, फायर सिलिन्डर १५ थान र कार्पेटसहित स्टोरमा रहेका अन्य सामग्रीहरू जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी, दमकल र सिमेन्ट उद्योगका कर्मचारीहरुको सहयोगमा बिहान १० बजेर १५ मिनेटको समयमा पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।