हेटौँडा : बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइनसहित एकजनलाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो २ बजेर ५० मिनेटको समयमा बारा जिल्लाको ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको फेटा गाँउपालिका–१ भलुहीबाट लागूऔषध खैरो हेरोइन १४७ ग्रामसहित बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ का २२ वर्षीय अजमुलहक अन्सारीलाई पक्राउ गरिएको बताइएको छ । प्रहरीले अन्सारीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
