Home अर्थ/व्यापार मकवानपुरमा महिला उद्यमी संघ गठन

मकवानपुरमा महिला उद्यमी संघ गठन

महिला उद्यमी संघ मकवानपुरको अध्यक्ष निर्वाचित हुनुभएकी श्रेष्ठ (बीचमा) ।

हेटौँडा : मकवानपुरमा पनि महिला उद्यमी संघ गठन भएको छ । बुधबार हेटौँडामा महिला उद्यमीको एक भेलाले सरिद्धि श्रेष्ठको अध्यक्षतामा महिला उद्यमी संघ मकवानपुर गठन गरिएको हो । संघको उपाध्यक्षमा सूचना श्रेष्ठ पराजुली, महासचिवमा रिता वाईबा, कोषाध्यक्षमा अस्मिता श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सदस्यमा कमला श्रेष्ठ, गंगा चिमरिया, शोभा थापा, अमृता गुरुङ, पार्वती थापा, गायत्री श्रेष्ठ, सन्जिता घलान र रसिला कार्की चयन हुनुभएको छ । महिला उद्यमी संघ बागमती प्रदेश संयोजक अर्पणा प्रधान भण्डारीको उपस्थितिमा महिला उद्यमी भेला भएको हो । उहाँले महिलाद्वारा उत्पादित सामग्रीहरु एक अर्काको समन्वयमा बिक्रि वितरण गर्न सके बजारीकरणमा सहजता बढ्नेमा जोड दिनुभयो । उहाँले संंघ स्थापनापछि महिला उद्यमीहरुलाई समस्या निराकरणमा सहजता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मकवानपुर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्य संघका सदस्यहरु अंकिता सुमार्गी, निलम पाण्डेको आतिथ्य रहेको थियो । महिला उद्यमी संघको बागमती प्रदेश संयोजक अर्पणा प्रधान भण्डारीले नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यलाई सपथ ग्रहण गराउनुभएको थियो ।

Exit mobile version