हेटौँडा : कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने सन्दर्भमा भइरहेको उतारचढावमा अर्का एक मन्त्रीले राजिनामा दिएका छन् । खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले मंगलबार बिहान मुख्यमन्त्री लामा समक्ष राजिनामा बुझाउनु भएको हो । यसअघि ४ जना मन्त्रीले संयुक्त राजिनामा बुझाएका थिए । मुख्मयन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावको सन्दर्भमा अहिले संसदीय दलको बैठक बस्दैछ ।












