तालिममा सहभागी शिक्षकहरु ।

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले शिक्षकका लागि कम्प्युटरसम्बन्धी ४ दिवसीय तालिम सुरु गरेको छ । सोमबारबाट सुरु भएको तालिम बिहीबारसम्म संचालन हुने विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो ।

सूचना प्रविधिमार्फत सिकाई सुधार गर्ने, आधुनिक शिक्षण सिकाई गराउने, कक्षाकोठामा सूचना प्रवाह गर्ने र शिक्षकको क्षमता विकास गर्ने उद्देश्यले संचालन गरिएको प्रधानाध्यापक दहालले बताउनुभयो । तालिममा डाटा सेटअप, पेज लेआउट, फोटो इडिटिङ र पावर पोइन्टसम्बन्धमा सहकर्मी शिक्षक मधु आचार्य, प्रमोद ढकाल र सरोज महतोले सहजीकरण गर्नुहुनेछ । तालिममा विद्यालयका २० जना शिक्षक सहभागी छन् ।

१० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ६५० जना विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक श्रीराम दहालको अध्यक्षता तथा विद्यालय व्वस्थापन समितिका अध्यक्ष विवेक कार्कीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । विद्यालयमा अहिले पहिलो त्रैमासिक परीक्षा संचालन भइरहेको छ । शुक्रबारबाट परीक्षा सकिए पश्चात वर्षे बिदा हुने प्रधानाध्यापक दहालले जानकारी दिनुभयो । विद्यालय भदौ १ गतेबाट पूर्णरुपमा संचालन गरिने उहाँको भनाइ छ ।