हेटौँडा : हेटौँडामा शनिबार २ स्थानमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ हेटौँडा र लियो क्लब अफ मकवानपुरले संयुत आयोजनामा हेटौँडा बजारमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।
यस्तै हेटौँडा–४, स्थित श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको आयोजनामा भएको कार्यक्रममा २९ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । परिषदले प्राकट्य उत्सव २०८२ को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले रगतको उपलब्धता सहज रहेको रक्तसंचार केन्द्रको भनाइ छ । सोमबार नेपाल रेडक्रस सोसाइटी बसामाडी उपशाखाको ६० औँ रक्तसंचार सेवा स्थापना भएको अवसरमा हेटौँडा–३, बसामाडीको वडा कार्यालयको भवनमा रक्तदान कार्यक्रम रहेको छ ।










