हेटौँडा : रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा अमित कुमार सिंह पदस्थापित हुनुभएको छ । शनिबार एक समारोहका बीच अमित अध्यक्षमा पदस्थापित हुनुभएको हो । निवर्तमान अध्यक्ष सृजना लामिछानेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो ।
कार्यक्रममा रोट्र्याक्ट क्लब अफ मकवानपुरको अभिभावक संस्था रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष विजयकुमार श्रेष्ठ र रोट्र्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारीको पनि आतिथ्य रहेको थियो । क्लबको उपाध्यक्षमा सुजन राई, सचिवमा जमुना थापा, कोषाध्यक्षमा रचना कार्की चयन हुनुभएको छ । युवाको व्यक्तित्व, नेतृत्व विकासमा सहयोगी संस्थाको रुपमा रोट्र्याक्ट क्लबको नेतृत्वको अवसर आफ्ना लागि महत्वपूर्ण रहने नवनिर्वाचित अध्यक्ष अमितको भनाइ छ ।











