हेटौँडा : हेटौँडा–२, पिपलबोटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री घाइते भएका छन् । आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा चौकीटोलबाट बुद्धचोकतर्फ जाँदै गरेको बा प्र ०३–००४ प ७६५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हेटौँडा–११, थानाभर्याङ बस्ने ७५ वर्षीया बिल्टी दास बानियाँ घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बानियाँलाई बाटो काट्र्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका थिए । घाइते बानियाँलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा थप उपचारका लागि राती ९ बजेको समयमा मकवानपुर सहकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । उपचारमा मोटरसाइकल संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पुरुष घाइते भएका छन् । आइतबार राती ८ बजेर २० मिनेटको समयमा पूर्वपश्चिम सडकखण्डमा चितवनबाट हेटौँडा जाँदै गरेको बिआर ०७ बिडि २९९४ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मनही–९, सुकौरा बस्ने ४२ वर्षीय कुमार विक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
कुमारको मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी चितवनको भरतपुरस्थित एलाईभ हस्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक भारतको बिहार ग्राम बस्ने २३ वर्षीय रोशन कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











