हेटौंडाः जिल्ला कमाण्ड पोष्टको आज साँझ बसेको आकस्मिक बैठकले जिल्ला सुरक्षा समितिलाई हेटौंडा उपमहानगरपलिका र राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज एकैदिन हेटौंडा उपमहानगरपालिकाका २० जनासहित जिल्लामा २३ जना कोरोना भाइरस सङ्क्रमित भेटिएलगत्तै कमाण्ड पोष्टको आकस्मिक बैठक बसेको हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज साँझ बसेको कमाण्ड पोष्टको बैठकले सोमबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा लागू गर्न सिफारिस गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज साँझ बसेको कमाण्ड पोष्टको बैठकले सोमबार रातीदेखि लागु हुने गरी साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्न सिफारिस गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कमाण्ड पोष्टको सिफारिसलाई जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि लागू हुनेछ । निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक सेवा बाहेकका सबै सेवा अवरुद्ध हुनेछ । सार्वजनिक तथा निजी सवारी साधन समेत सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभएको छ ।

कमाण्ड पोष्टको सिफारिसलाई जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि लागू हुनेछ । निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक सेवा बाहेकका सबै सेवा अवरुद्ध हुनेछ । सार्वजनिक तथा निजी सवारी साधन समेत सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभएको छ ।