Home मुख्य समाचार ८३ जनाको रिपोर्ट आउन बाँकी

८३ जनाको रिपोर्ट आउन बाँकी

हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डबाट कोरोना भाइरस परीक्षणका लागि आज आईतबार ४६ वटा नमूना हेटौंडा १० स्थित प्रयोगशालामा पठाइएको छ । आइसोलेसन वार्डका भोला चौलागाईका अनुसार आज पठाइएका नमूनाको रिपोर्ट भोलिसम्म प्राप्त हुनेछ ।

हिजो शनिबार पठाइएका नमूनामध्ये २० र अस्ति पठाइएको १७ वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । आज बेलुकासम्ममा ती नमूनाको रिपोर्ट आउने चौलागाईले बताउनुभएको छ । अब अस्ति, हिजो र आजको गरी ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा आज २० जना रहेका छन् । जसमा १६ जना कोरोना संक्रमण पुष्टि भएका व्यक्ति र ४ जना कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरु उपचाररत रहेका छन् ।

Exit mobile version