हेटौंडाः नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमिटीले २०८१ को एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । संघले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ भित्र बसोबास गर्ने एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।
युवा संघ नेपाल ८ नम्बर वडा अध्यक्ष विमान रुम्बाको अध्यक्षता तथा युवा संघ केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, नेकपा एमाले प्रदेश सदस्यद्वय गोपालबहादुर श्रेष्ठ र गणेशकुमारी श्रेष्ठ, पार्टी जिल्ला सदस्य सानु लामा, धर्मराज पुडासैनी, गोकर्ण तिवारी, सुमित्रा पाण्डेको आतिथ्य थियो । यस्तै, नेकपा एमाले जिल्ला स्कूल विभाग सचिव कुमार केसी, नेकपा एमाले हेटौंडा नगर अध्यक्ष बोलबहादुर कार्की, नेकपा एमालेका नेता रमेश पौडेल, मोतीलाल लामा, युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका अध्यक्ष अनिल काफ्ले, नगर कमिटी सदस्य तथा सचिवालय सदस्य रामप्रसाद ढकाल, नेकपा एमाले ८ नम्बर वडा अध्यक्ष गोतामी मुक्तान, हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्य मञ्जु भुर्तेल, प्रगति माविका प्रधानाध्यापक किशोर पराजुलीलगायतको आतिथ्य थियो ।
कार्यक्रममा ११० जना विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । एसईईमा उत्कृष्ट अङ्क ल्याउनेमात्र नभई उत्तीर्ण भएका सबैलाई सम्मान गरेकोमा विद्यार्थी तथा अभिभावक खुशी भएको आयोजकको भनाइ छ ।











