हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–५, जिके खोलामा ४७ वर्षीय तारानाथ ब्लोनमाथि बियको बोतल प्रहार भएको छ । शनिबार राती ११ बजेर ३० मिनेटको समयमा सामान्य विवादमा ३० वर्षीय अर्जुन घलानले बियरको बोतलले प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
अर्जुनको बोतल प्रहारबाट तारानाथको टाउकोमा चोट लागेको थियो । बोतल प्रहार गर्ने अर्जुनलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले छिमेकीको घरमा लुकी बसेको अवस्थाम फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । तारानाथलाई मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।











