रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधान विद्यार्थीको कपाल काट्नु हुँदै ।

हेटौँडा : रोटरी क्लब अफ हेटौँडा र कोलोराडो हेयर कटिङ पार्लरको संयुक्त आयोजनामा हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयका विद्यार्थीको कपाल काटिएको छ ।

मंगलबार, बुधबार र बिहीबार ३ दिन निशूल्करुपमा २ सय ७५ जना विद्यार्थीको कपाल काटिएको कोलोराडोका सञ्चालक दुर्गाबहादुर विष्टले जानकारी दिनुभयो । १ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको कपाल काटिएको हो । कोलोराडोमा हेयर कटिङसम्बन्धी तालिम लिँदै आएका प्रशिक्षार्थी समेतको सहयोगमा विद्यार्थीको कपाल काटिएको हो । रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानसहितको टोली विद्यालय पुगेर विद्यार्थीको कपाल काट्ने कार्यक्रम गरिएको हो ।