Home मुख्य समाचार प्रतिष्ठानको शैक्षिक भवन निर्माणस्थलको मुख्यमन्त्रीद्वारा अवलोकन

प्रतिष्ठानको शैक्षिक भवन निर्माणस्थलको मुख्यमन्त्रीद्वारा अवलोकन

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारको प्रमुख योजना मध्येको एक मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन निर्माणका लागि प्रस्तावित क्षेत्र हेटौंडा–१०, टिसिएनको अवलोकन गर्नुभएको छ । शनिबार वडाका जनप्रतिनिधिसहित मुख्यमन्त्री पौडेलले शैक्षिक भवन निर्माण गर्ने प्रस्तावित स्थलको अवलोकन गर्नुभएको हो ।

करिव साढे सात विगाहा क्षेत्रमा प्रतिष्ठानको शैक्षिक भवन निर्माण गरिने बताइएको छ । दुई साताअघि मात्रै प्रतिष्ठानको उपकुलपति नियुक्त गरेर काम अगाडि बढाइएको छ । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्ने तयारी गरिरहेको छ ।

Exit mobile version