हेटौँडा : वडाध्यक्षहरुमाथि निरन्तर आक्रमण भइरहेको भन्दै हेटौँडा उपमहानगरपालिकाले शुक्रबार सेवा नदिने निर्णय गरेको छ । असार ४ गते १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमणको घटनाको दोषी पक्राउ पर्न नसकिरहेका बेला बिहीबार बिहान हेटौँडा–४ का वडाध्यक्षमाथि पनि आक्रमण भएको भन्दै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले शुक्रबार सेवा नदिने बताउनुभयो ।
बिहीबार साँझ उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरेर जनप्रतिनिधिहरुमाथि सुरक्षा चुनौति बढेको नगरप्रमुख लामाले बताउनुभयो । निर्माण व्यवसायीको आक्रमणबाट पीडित वडाध्यक्ष नवीन सिग्देलले वडामा निर्माण कार्यको अवलोकन गर्ने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभयो । बिहीबार बिहान ९ बजे वडाध्यक्ष सिग्देलमाथि आक्रमणको घटनापछि दिउँसो कार्यपालिका बैठक बसेर शुक्रबार सेवा नदिने निर्णय गरेको हो ।











