सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको रत्ननगर नगरपालिका–९, कपुरखोरीमा एक जना पुरुषले शरीरमा आफैंले आगो लगाई आत्मदाह गरेका छन् । सोमबार बिहान ६ बजेको समयमा ५६ वर्षीय वीर बहादुर राउतले आत्मदाह गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

राउतले आफ्नै घरमा आफु सुत्ने कोठामा आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । राउतको आफु सुत्ने खाटमा रहेको सुकुलसहित जली घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको छ ।