Home मुख्य समाचार एसईईमा बागमती गाउँपालिकाका ४६ जना विद्यार्थी उत्तीर्ण

एसईईमा बागमती गाउँपालिकाका ४६ जना विद्यार्थी उत्तीर्ण

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाका ४६ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतीजाअनुसार पालिकाका ५ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका २ सय ७७ जना विद्यार्थी मध्ये ४६ जना (१६.६१ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ३ सय ३९ जना विद्यार्थी एसईईमा सहभागी भएका मध्ये २७ जना मात्र उत्तीर्ण भएका थिए ।

बागमती गाउँपालिकामा यस वर्ष एसईईमा सहभागी सूर्य माविका २८ मध्ये ८, जनता माविका १ सय मध्ये २४, बाघभैरव माविका ८ मध्ये १, देवकी माविका ९७ मध्ये ९ जना र बागमती माविका ४४ मध्ये ४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षको एसईईमा बाघभैरव मावि र बागमती माविको नतीजा निल थियो । गत वर्षको तुलनामा यस वर्ष नतिजा सामान्य सुधार भएको शिक्षा शाखा प्रमुख प्रमोद राइले जानकारी दिनुभयो ।

Exit mobile version