हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१० बाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ६ बजेर ५० मिनेटको समयमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१० बाट २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ट्रामाडोल २२ क्याप्सुल र गाँजा ४८ ग्राम ३३० मिलिग्रामसहित रौतहट जिल्ला घर भई हाल हेटौँडा–४ बस्ने २१ वर्षीय विकेश कुश्वार माझी र सर्लाही जिल्लाको बागमती नगरपालिका–६ घर भई हाल हेटौँडा–४ बस्ने १९ वर्षीय सोहन खत्रीलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले लागूऔषध मुद्दामा दुबैजनालाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
